ऐन संशोधन गर्न माग गर्दै पत्रकारले बुझाए ज्ञापनपत्र

 भदौ २०, २०७५ बुधबार १७:२७:२ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर - नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले भदौ १ गतेबाट लागू भएको मुलुकी (फौजदारी) संहिता ऐन २०७४ मा व्यवस्था भएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई गम्भीर असर पार्ने बुँदाहरु तत्काल संशोधन गरी पूर्ण प्रेसमैत्री बनाउन सरकारसँग माग गर्दै बुधबार ज्ञापन पत्र बुझाएको छ । 

जिल्ला प्रशासन कार्यालय, भक्तपुर मार्फत नेपाल सरकार र मन्त्रीपरिषद् कार्यालयलाई ज्ञापन पत्र बुझाउँदै महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले मुलुकी फौजदारी (संहिता) ऐन, २०७४ का विभिन्न दफाका प्रावधान अनुसार सञ्चार माध्यममा प्रकाशित-प्रसारित सामग्रीकै आधारमा संचारकर्मीमाथि गम्भीर अभियोग लाग्न सक्ने अवस्था देखिएको भन्दै संशोधन गर्न माग गर्नुभयो ।

उहाँले ऐनका कुनै पनि दफामा सञ्चार माध्यममा प्रवाह भएका सामग्रीका सन्दर्भमा यो ऐनका प्रावधानहरु लागू हुँदैन भन्ने व्यवस्था नरहेको र सञ्चार माध्यमसम्बन्धी छुट्टै ऐनहरुमा समेत यस विषयमा कुनै प्रावधानहरु नै नराखिएकाले यो ऐनबाट सञ्चार माध्यम र पत्रकारहरु पीडित बन्न सक्ने अवस्था देखिएको ठहर गरेको छ ।

त्यसैले ऐनका केही व्यवस्थाले पत्रकारहरुलाई खोजी समाचार तयार पार्न समस्या पार्नुका साथै तस्विर खिच्न र प्रकाशन÷प्रसारण गर्न बाधा हुन सक्ने भएकाले संशोधनमा माग गरिएको उहाँले बताउनुभयो । 

सञ्चार माध्यममा समाचार लेखेकै कारण सरकारवादी मुद्दा बनाएर फौजदारी कसुर लगाउनु नहुने बताउँदै उहाँले लेखेर हुने गल्तीलाई देवानी कसुरमा राख्नुपर्ने माग गर्नुभयो । 

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी नारायण भट्टले ज्ञापन पत्र आजै सरकारसम्म पुर्याउँने प्रतिबद्धता व्यक्त गर्नुभयो । 
 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया