धरहरा परिसरमा एनपीएलको ट्रफी अनावरण, ट्रफीमा कालापत्थरको ढुङ्...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – आईसीसी टी–२० विश्व कप क्रिकेटमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई आठ विकेटले हराएको छ ।
यूएईको आबुधाबीमा वेस्ट इन्डिजले दिएको एक सय ५८ रनको लक्ष्य अस्ट्रेलियाले २२ बलअघि नै मात्रै दुई विकेट गुमाएर भेटायो । अस्ट्रेलियाका लागि डेविड वार्नरले नटआउट ८९ र मिचेल मार्सले ५३ रन बनाए । वेस्ट इन्डिजका लागि अकेल हुसेन र क्रिस गेलले एक/एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले २० ओभरमा सात विकेट गुमाएर एक सय ५७ रन बनायो ।
वेस्ट इन्डिजका लागि कायरन पोलार्डले सर्वाधिक ४४ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका जोस हजलउडले चार विकेट लिए ।
आजको जितसँगै अस्ट्रेलियाको आठ अङ्क भएको छ र सेमिफाइनल नजिकै पुगेको छ । यो समूहबाट इङ्ल्यान्ड सेमिफाइनलमा पुगिसकेको छ । अब दक्षिण अफ्रिकालाई सेमिफाइलनमा पुग्न अहिले इङ्ल्यान्डलाई केही फराकिलो अन्तरले हराउनुपर्नेछ । इङ्ल्यान्डलाई हराएपछि दक्षिण अफ्रिकाको पनि समान आठ अङ्क हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।