सल्यान बस दुर्घटना : १२ जनाको ज्यान गयाे, १० को सनाखत (अपडेट)

 कात्तिक २१, २०७८ आइतबार १८:४३:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

सल्यान : सल्यानमा यात्रुवाहक बस दुर्घटना हुँदा १२ जनाको ज्यान गएको छ । सल्यानकाे दुल्धारा पोखराबाट दाङको तुलसीपुरका लागि छुटेको रा १ ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका ५ खारखोलामा आज आइतवार बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा ज्यान गुमाउनेमा सल्यानको शारदा नगरपालिका १२ अहिले दाङको तुलसीपुर उपमहानगरपालिका ६ की ५३ वर्षीया प्रभा चलाउने, शारदा नगरपालिका २ की ६१ वर्षीया मीना डाँगी, शारदा ३ की ६६ वर्षीया लीला बुढाथोकी, त्रिवेणी गाउँपालिका १ काभ्राकी २४ वर्षीया मीना शाही रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

दाङको बबई गाउँपालिका ४ की ६० वर्षीया डुली रेउले, बबई ६ की ७० वर्षीया कलावती बुढाथोकी, दाङको घोराही उपमहानगरपालिका नारायणपुरकी ६५ वर्षीया इन्द्रा अधिकारी, सल्यानको छत्रेश्वरी गाउँपालिका २ का २९ वर्षीय तिलक ओली, दाङ शान्तिनगर गाउँपालिका ८ की ३५ वर्षीया सावित्रा केसी र दाङ कोरवाङका पाँच वर्षीय सुरज ओली रहेको जिल्ला प्रहरीले जनाएको छ ।

बसमा ३७ जना सवार रहेको प्रहरीले अनुमान गरेको छ । घाइतेमध्ये १३ जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत नेपालगञ्ज रिफर गरिएको छ भने अन्य सबैको सल्यान जिल्ला अस्पतालमा उपचार भइरहेको छ । 
प्रहरीका अनुसार आठ जनाको घटनास्थलमै ज्यान गएको हो भने बाँकीको उपचारका क्रममा ज्यान गएकाे हो । 

बसका चालक भने फरार भएका छन् । प्रहरीले उनको खोजी गरिरहेको छ । बस सडकबाट झन्डै दुई सय मिटर तल खसेको थियो । 

अन्तिम अपडेट: जेठ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया