अफगानिस्तानलाई हराउँदै न्युजिल्यान्ड सेमिफाइनलमा, भारत पनि बाहिरियो

 कात्तिक २१, २०७८ आइतबार १८:५१:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अफगानिस्तानलाई हराउँदै न्युजिल्यान्ड टी–२० विश्व कप क्रिकेटको सेमिफाइनलमा पुगेको छ ।

यूएईको आबुधाबीमा अफगानिस्तानले  दिएको एक सय २५ रनको लक्ष्य न्युजिल्यान्डले ११ बलअघि नै मात्रै दुई विकेट गुमाएर भेटायो । उसका लागि मार्टिन गुप्टिलले २८ र ड्यारेल मिचेलले १७ रन बनाए । केन विलियम्सनले ४० र डेवन कनवेले नटआउट ३६ रन बनाए ।  

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा आठ विकेट गुमाएर एक सय २४ रन बनायो । उसका नजिबुल्लाह जदरानले ४८ बलमा ३ छक्का र चार चौकासहित ७३ रन बनाए । बलिङतर्फ न्युजिल्याण्डका ट्रेन्ट बोल्टले तीन विकेट लिए ।

आजको न्युजिल्यान्डकाे जितसँगै भारत पनि सेमिफाइनल नपुगी बाहिरिएको छ । यदि आज अफगानिस्तानले जितेको भए अफगानिस्तान, भारत र न्युजिल्यान्ड तीन वटै टोलीको सम्भावना रहने थियो । विश्व कपको सेमिफाइनलमा इङ्ग्ल्यान्ड, अस्ट्रेलिया, पाकिस्तान र न्युजिल्यान्ड पुगेका छन् ।  

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया