टी–२० विश्व कप क्रिकेटकाे सेमिफाइनलको समीकरण पूरा

 कात्तिक २२, २०७८ सोमबार १३:१०:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी टी–२० विश्व कप क्रिकेटमा आज भारत र नामिबिया खेल्दैछन्।

सुपर १२ को समूह २ अन्तर्गत भारत र नामिबियाबीचको खेल दुबईमा भरे बेलुका पौने ८ बजे हुनेछ । प्रतियोगिताबाट बाहिरिएका यी दुवै टिमले आज औपचारिकताका लागि मात्रै खेल्दै छन् ।

आईसीसी टी–२० विश्व कप क्रिकेटको सेमिफाइनल समीकरण पूरा भएको छ । अब फाइनल पुग्नका लागि पाकिस्तानले आउँदो बिहीवार सुपर १२ को समूह २ को उपविजेता अष्ट्रेलियासँग खेल्नेछ । अहिलेसम्म अपराजित रहँदै सेमिफाइनलमा पुग्ने पाकिस्तान यो विश्व कपमा एक्लो टोली हो ।

यस्तै, फाइनल प्रवेशका लागि पर्सि इङ्ग्ल्यान्ड र न्युजिल्यान्ड खेल्ने छन् । सुपर १२ को समूह १ बाट इङ्ग्ल्यान्ड विजेता र अस्ट्रेलिया उपविजेता बन्दै सेमिफाइनल पुगेका हुन् भने समूह २ बाट पाकिस्तान विजेता र न्युजिल्यान्ड उपविजेता बनेर सेमिफाइनलमा पुगेका हुन् ।

 फाइनल खेल आउँदो आइतवार हुनेछ ।

अन्तिम अपडेट: असार ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया