२४ वर्षपछि अस्ट्रेलियाको क्रिकेट टोलीले आउँदो वर्षको मार्चमा पाकिस्तान भ्रमण गर्ने

 कात्तिक २२, २०७८ सोमबार १४:४९:९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : पाकिस्तान क्रिकेटकाे ट्विटरबाट

काठमाण्डाै – अस्ट्रेलियाको क्रिकेट टोलीले अर्काे वर्षको मार्चमा पाकिस्तान भ्रमण गर्ने भएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले यसको पुष्टि गरेको हो । यो सन् १९९८ पछि अस्ट्रेलियाली क्रिकेट टोलीको पहिलो पाकिस्तान भ्रमण हुनेछ । 

भ्रमणमा तीन टेस्ट, तीन एकदिवसीय अन्तर्राष्ट्रिय र एक टी–२० खेलिने पीसीबीले पुष्टि गरेको छ । पहिलो टेस्ट मार्च ३ मा कराचीमा सुरु हुनेछ । त्यस्तै एकदिवसीय शृङ्खला मार्च २९ र एकमात्र टी–२० अप्रिल ५ मा हुने तालिका सार्वजनिक भएको छ । 

क्रिकेट अस्ट्रेलियाले पनि यस भ्रमणको बारेमा ट्वीट गर्दै जानकारी दिएको छ । क्रिकेट अस्ट्रेलियाले लेखेको छ, ‘क्रिकेट अस्ट्रेलिया आउँदो वर्ष पाकिस्तानमा गएर खेल्नका लागि खुसी छ ।’

गएको सेप्टेम्बरमा पाकिस्तानसँगको एकदिवसीय खेलको ठिक अघि न्युजिल्यान्डले भ्रमण रद्द गरेको थियो । न्युजिल्यान्डले सुरक्षाको कारण देखाउँदै रावलपिन्डीको स्टेडियममा जान मानेको थिएन । त्यसपछि

इङ्ग्ल्यान्डले पनि पाकिस्तानमा पूर्वनिर्धारित शृङ्खला खेल्न मानेको थिएन ।  

यसैबीचमा अस्ट्रेलियाले पाकिस्तान भ्रमण गर्नु निकै महत्त्वपूर्ण हो ।   

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया