घाइते भएका ज्यासन रोयले विश्व कपका खेल गुमाउने, इङ्ग्ल्यान्ड समस्यामा

 कात्तिक २३, २०७८ मंगलबार १०:५३:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्ल्यान्डका ओपनिङ ब्याट्स म्यान ज्यासन रोयले विश्व कपका खेल गुमाउने भएका छन् ।

देब्रे खुट्टाको पिडुलाेमा समस्या देखिएका कारण रोयले विश्व कपका बाँकी खेल गुमाउने क्रिक इन्फोले जनाएको छ । उनको ठाउँमा जेम्स भिन्सलाई राखिएको इङ्ग्ल्यान्ड क्रिकेट बोर्डले जनाएको छ । सुपर १२ अन्तर्गत दक्षिण अफ्रिकासँगको ब्याटिङका क्रममा उनी घाइते भएपछि २० रनमा रिटायर्ड हर्ट भएका थिए ।

अस्ति आइतवार गरिएको परीक्षणका क्रममा रोयको पिडुलामा समस्या देखिएकाले खेल गुमाउने पक्का भएको बोर्डले जनाएको छ । उनले आफ्नो अनुपस्थितिमा पनि इङ्ग्ल्यान्डले विश्व कपको ट्रफी उचाल्नेमा ढुक्क रहेको बताएका छन् ।

इङ्ग्ल्यान्डका बेन स्टोक, साम कुरान, जोफ्रा आर्चर र टायमल मिल्स घाइते भएका कारण विश्व कप क्रिकेट गुमाइसकेका छन् । रोय खेल्न नसक्ने भएपछि इङ्ग्ल्यान्डलाई थप समस्या पर्ने देखिएको छ । इङ्ग्ल्यान्डले सेमिफाइनलमा भोलि बुधवार न्युजिल्यान्डसँग खेल्दैछ । 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया