हाइटीका नागरिक पानीका लागि ‘प्रार्थना’ गर्दै

 कात्तिक २४, २०७८ बुधबार २०:३:१९ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – युद्धग्रस्त देश हाइटीमा इन्धन र खानेपानीको चरम अभाव भएको छ । विभिन्न गिरोहहरूले पेट्रोल र डिजल बोकेका ट्याङ्करलाई राजधानी प्रवेशमा रोक लगाएपछि इन्धन र पानीको चरम अभाव भएको हो । 

इन्धन नहुँदा पानी पम्प चलाउन नपाएको र अहिले हाइटीको राजधानी पोर्ट ओ प्रिन्सका बासिन्दाले हरेक दिन पानीका लागि प्रार्थना गर्नुपरेको स्थानीयवासीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । गिरोहहरूले बोतलको पानीको ढुवानीमा पनि अवरोध गरिरहेकाले धेरै बासिन्दा वर्षाको पानीमा भर पर्नुपरेको छ ।

यस्तै अस्पतालमा जेनेरेटर चलाउने इन्धन पनि नहुँदा हजारौँ बिरामीको ज्यान जोखिममा परेको छ । गिरोहहरूले ढुवानी चालकलाई धम्की दिएका कारण चालकहरू पेसाबाट नै पलायन हुन थालेका छन् । हाइटीका राष्ट्रिय प्रहरीका प्रमुख फ्रान्ज एल्बेले इन्धनको सुरक्षित वितरणका लागि अहिलेसम्म चालिएका कदम असफल भएको र अवस्था थप भयावह हुँदै गएको बताएका खबरमा उल्लेख छ ।

हाइटीमा एक सय ६२ गिरोह समूहका सयौँ सदस्य रहेको अनुमान छ । सबैभन्दा शक्तिशाली र ठूलो गिरोह पूर्व प्रहरी प्रमुखको रहेको छ । गएको जुलाईमा राष्ट्रपति जोभेनल मोइसको हत्यापछि अवस्था झनै असहज बन्दै गएको छ, आपराधिक गिरोहका सामु नेताहरू निरीह बन्दा हत्या, आतङ्क, जबरजस्ती लगायतका आपराधिक गतिविधि बढेका छन् ।

आपराधिक गिरोहले यो वर्ष मात्रै आठ सय अपहरणका घटनामा १७ मिलियन डलर फिरौती मागेका खबरमा उल्लेख छ । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया