सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था कडा

 कात्तिक २६, २०७८ शुक्रबार १०:१५:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

कानुन व्यवसायीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च अदालतभित्र प्रवेश गर्न नदिने तयारी गरे पछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको हो ।

महान्यायाधिवक्ताको कार्यालयतर्फबाट र नेपाल बार एसाेसिएशनको कार्यालय तर्फबाट सर्वोच्च अदालत आउजाउ गर्ने भित्री ढोका बन्द गरिएको छ ।

सर्वोच्चको वरिपरि सुरक्षाकर्मी खटिएका छन् ।  हिजो प्रदर्शनको क्रममा प्रहरीले बल प्रयोग गरे पछि नेपाल  बारले आज प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालतमा प्रवेशमा रोक लगाउने तयारी गरेको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया