काठमाण्डौ महानगरपालिकाको कार्यालय समय अब बिहान ९ बजेदेखि

 बैशाख १५, २०८१ शनिबार १५:१६:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले बिहान ९ बजेदेखि कार्यालय सञ्चालन गर्न शुरु गरेको छ । सेवा सहजताका लागि हिजोदेखि बिहान एक घण्टा अगाडि कार्यालय सञ्चालन थालेको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो । बेलुकाको समय भने परिवर्तन नभएको उहाँले बताउनुभयो ।

यो सेवा महानगरका सबै विभाग, वडा, सचिवालय, आयोजनासमेतका कार्यालयको हकमा लागू हुनेछ । थप समयमा काम गर्नका लागि कर्मचारीलाई प्रोत्साहन गर्न ‘काठमाण्डौ महानगरपालिका कर्मचारी सेवा सुविधासम्बन्धी मापदण्ड २०८०’ नगर कार्यपालिकाबाट स्वीकृत गरी स्थानीय राजपत्रमा प्रकाशित भइसकेको छ ।

सेवाको गुणस्तरीयता र प्रभावकारिताका लागि थप समयमा समेत कार्यसम्पादन गर्न आवश्यक रहेकाले पदीय जिम्मेवारी वहन गर्न उपलब्ध गराउने स्रोत, साधनसम्बन्धी व्यवस्था मापदण्डले गरेको छ ।

बिहान आफ्नो कार्यालय जानुअघि महानगरपालिका र अन्तर्गतका विभिन्न कार्यालयबाट सेवा प्राप्त सजिलो होस् भन्ने उद्देश्यले यो व्यवस्था कार्यान्वयन गरिएको प्रवक्ता मानन्धरको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया