प्रधानन्यायाधीश जबरामाथि छानबिन गर्न तीन अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाको आग्रह

 कात्तिक २६, २०७८ शुक्रबार १९:५७:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – तीन वटा अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि लागेका आरोपहरूबारे छानबिन गर्न माग गरेका छन् ।

एमनेस्टी इन्टरनेशनल, कमिसन अफ जुरिस्ट्स् र ह्युमन राइट्स वाचले आज शुक्रवार संयुक्त विज्ञप्ति निकालेर सर्वोच्च अदालतको सङ्कटका कारण नेपालको न्यायपालिकाको स्वतन्त्रता र अखण्डता जोखिममा पर्दै गरेको बताउँदै प्रधानन्यायाधीशमाथि छानबिन गर्न आग्रह गरेका हुन् ।

अदालतको विश्वसनीयता र स्वतन्त्रता जाेगाउन यो सङ्कटको तत्काल समाधान गर्नुपर्ने उनीहरूको जोड छ । ह्युमन राइट वाचकी दक्षिण एसिया निर्देशक मिनाक्षी गाङ्गुलीले नेपालमा मानव अधिकार र विधिको शासन कायम राख्न सर्वोच्च अदालतको महत्त्वपूर्ण भूमिका भएकाले अहिलेको सङ्कट न्याय प्रणालीका लागि एकदमै चिन्ताजनक भएको बताउनुभएको छ ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बार एसाेसिएशन आन्दोलनरत छ भने सर्वोच्च अदालतका न्यायाधीशहरूले बेन्च बस्न अस्वीकार गरेका छन् । आन्दोलनरत नेपाल बारले पनि अदालतको सङ्कटबारे गम्भीर कदम चाल्न दलहरूलाई आग्रह गरेको छ । 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया