अर्घाखाँचीका कुनै गाउँमा बिजुली नपुगेको भए सूचना दिन प्राधि...
फागुन २९, २०८१ बिहिबार
काठमाडाैं – उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले ब्यापारीले ठूला नेतालाई नै चलाउन सक्ने भएकोले आफूले भनेको नटेरेको गुनासो गर्नुभएको छ । नेपाल आर्थिक पत्रकार समाज सेजनले दुई पक्षीय लगानी सम्झौताको बारेमा गरेको कार्यक्रममा मन्त्री यादवले बजार अनुगमन गरेर व्यापारी तर्साएको आरोप गलत भएको पनि दाबी गर्नुभयो ।
‘यहाँ नेता नचाउने धेरै व्यापारी छन्, उनीहरुको पहुँच ठूलो छ, म जस्तो फुच्चे मन्त्रीलाई कसले टेर्छ, मन्त्रीसँग को तर्सन्छ ?’ उहाँले भन्नुभयो, ‘बजार अनुगमन गरे पनि दोष आउने र नगरे पनि दोष आइरहेकाले वाक्क भएको छु ।’
मन्त्री यादवले नेपालका केही व्यापारीले विदेशी लगानीकर्ता भड्काउने गरेको आरोप पनि लगाउनुभयो । नेपालमा उद्योगी भन्दा व्यापारी धेरै भएको र आफ्नो व्यापार कमी हुने डरका कारण उनीहरुले विदेशी लगानीकर्तालाई नेपाल छिर्न नदिएको उहाँको आरोप छ ।
विदेशी लगानीकर्तालाई सहज बनाउन र समस्या समाधानको लागि एउटा समिति बनाएर काम गरिरहेको भन्दै उद्योग मन्त्री यादवले अबको केही महिनामै एकद्वार प्रणालीबाट विदेशी लगानी भित्र्याउन सकिने संरचना बनिसक्ने पनि उहाँले बताउनुभयो ।
नेपालमा केही मिडियाले पनि विदेशी लगानीकर्तालाई तर्साउने गरी समाचार प्रचारप्रसार गरिरहेको भन्दै उहाँले यदि आफूलाई नेपाली ठान्ने हो भने कसैले पनि विदेशी लगानीविरुद्ध गतिविधि गर्न नहुने बताउनुभयो ।
फरक प्रसंगमा उहाँले अहिले कर बढेको भन्दै उद्योगी ब्यापारीले विरोध गर्नुको तुक नभएको बताउनुभयो । ‘कर ब्यापारीले तिर्ने हो कि नागरिकले ? मलाई लाग्छ व्यापारीले त नागरिकबाट कर संकलन गरेर सरकारलाई तिर्ने हो’ मन्त्रीले भन्नुभयो ।
कार्यक्रममा नेपालमा विदेशी लगानीबारे नेपालका विभिन्न मन्त्रालय सहित श्रीलंकाबाट आएका विज्ञले कार्यपत्र पेश गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
ratan shahi thakuree
Sept. 6, 2018, 2:12 p.m.राम्रो छ /