अर्घाखाँचीका कुनै गाउँमा बिजुली नपुगेको भए सूचना दिन प्राधि...
फागुन २९, २०८१ बिहिबार
कास्की – गण्डकी प्रदेशको राजधानी पोखरामा बिहीबार सातै प्रदेशका मुख्यमन्त्रीको भेला चलिरहेको छ ।
सातै प्रदेशको अहिलेको अवस्था, खेप्नुपरेका समस्या, ठूला आयोजना, अनुदानलगायतका विषयमा मुख्यमन्त्रीहरुको भेलामा छलफल चलिरहेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा पोखरामा भेला भएको हो ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, र प्रदेश ७ काम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट भेलामा सहभागी हुनुभएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही केही समयपछि उपस्थित हुने कार्यक्रम रहेको छ ।
अन्तर प्रदेश परिषदको बैठकको पूर्व सन्ध्यामा हुन लागेको बैठकमा सातै प्रदेशका सामूहिक एजेन्डा बनाउन बिहीबार १ दिन मात्र भेला हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।