सर्वोच्च अदालतमा आज पनि नेपाल बारको आन्दोलन

 कात्तिक ३०, २०७८ मंगलबार १५:२०:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसाेसिएशनले आज पनि सर्वोच्च अदालतमा धर्ना दिएको छ ।

मंगलवार एसोसिएशनले प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै दोस्रो चरणको आन्दोलनको अन्तिम दिन पनि सर्वोच्च अदालतमा धर्ना दिएको हो । धर्ना तथा विरोध कार्यक्रममा बोल्दै नेपाल बार एसोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बुधवारबाट सशक्त रुपमा तेस्रो चरणको आन्दोलन गर्ने बताउनु भयो ।

उहाँले प्रधानन्यायाधीश जबराले न्यायपालिकामा विसंगति, विकृति र भ्रष्टाचारलाई संरक्षण गरेको आरोप लगाउनु भयो । अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीशको राजीनामा अपरिहार्य भएको बताउँदै राजीनामापछि मात्रै न्यायपालिकाको सुधार हुने बताउनु भयो ।

यस्तै प्रधानन्यायाधीश जबराले भ्रष्टाचार गरेर कमाएको सम्पत्ति विवरण छानबिन गर्न माग आइरहेको बताउँदै त्यसको लागि १९ जना न्यायाधीशसँग छलफल भइरहेको पनि उहाँकाे भनाइ छ। उहाँले तेस्रो चरणको कार्यक्रममा पनि दिनको दुई घण्टा निरन्तर धर्ना दिने बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया