अस्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन आपूर्ति मामिलामा दोष...
फागुन २९, २०८१ बिहिबार
काठमाडाैं - राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले व्यक्तिका घर पुनर्निर्माणका धेरैजसो प्रकृया अगाडि बढाउने जिम्मा स्थानीय तहलाई दिने निर्णय गरेको छ ।
प्राधिकरण निर्देशक समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले स्थानीय तहबाटै पुनर्निर्माणका काम अगाडि बढाउने र जिल्ला तहबाट अनुगमन गर्ने निर्णय गरेको हो । अब व्यक्तिका घर पुनर्निर्माणको सिफारिस, प्रमाणिकरण, निरीक्षण लगायतका काम स्थानीय तहले नै गर्ने भएका छन् । त्यस्तै जिल्ला तहबाट अनुगमन गरिने भएको छ ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निर्देशक समितिको बैठकमा पुनर्निर्माणको अहिलेको अवस्था र आगामी कार्ययोजना पेश गर्नुभएको थियो ।
बैठकमा मध्यावधि समीक्षासहित निजी आवासको कामलाई तीव्रता दिनेबारे छलफल भएको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले जानकारी दिनुभयो ।
बैठकले जग्गा नभएका भूकम्प प्रभावितको प्रमाणीकरण स्थानीय तहले नै गर्ने र जिल्ला समन्वय समितिले सिफारिस गरेपछि घर बनाउन अनुदान दिने पनि निर्णय गरेको छ ।
स्थानीय तहले तोकेको स्थान र मापदण्डका आधारमा ३ लाख रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय भएको पनि सिइओ ज्ञवालीले जानकारी दिनुभयो ।
त्यस्तै घर हुँदा हुँदै पनि अनुदानको पहिलो किस्ता ५० हजार लिएका भूकम्प प्रभावितबाट अनुदान रकम असुल उपर गरिने भएको छ । अन्तै बस्न योग्य घर भएका भूकम्प प्रभावितले घर नबनाएको हुँदा आवश्यक प्रकृया पूरा गरी असुल गर्ने निर्णय भएको ज्ञवालीले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।