भारतमा डुङ्गा दुर्घटना हुँदा १३ जनाको ज्यान गयो
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – परराष्ट्रमन्त्री डा. नारायण खड्काले सरकार अन्तर्राष्ट्रिय जगतमा नेपाली राहदानी (पासपाेर्ट) को सम्मान बढाउन लागिपर्ने बताउनुभएको छ ।
आज बुधवार राहदानी विभागले आयोजना गरेको ‘पहिलो विद्युतीय राहदानी वितरण कार्यक्रम’ लाई सम्बोधन गर्दै मन्त्री खड्काले विगतका दिनमा नेपाली राहदानीका कारण नेपालीले अपमान महसुस गर्नुपरेको स्वीकार गर्दै अब सरकारले नेपाली राहदानीको सम्मान बढाउन लागिपर्ने बताउनुभएको हो । देशलाई समुन्नत बनाएर नेपालीको स्वाभिमान र सम्मानलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने उहाँले बताउनुभयो ।
नेपाल र अन्य धनीमानी भनिने देशहरूलाई एउटै बाकसमा राखेर व्यवहार गर्ने खालको सम्मान नेपाली राहदानीमा थप्ने मन्त्री खड्काले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अब हामी सरकारमा बसेकाहरू, हामी देश विकास गर्छाैँ भन्नेहरूले अब यसको सम्मान बढाउने छौँ । यो नेपालीले बोक्दा या अर्को अलिकति धनीमानी देशका नागरिकले बोक्दा जुन खालको भेदभाव हामीलाई महसुस हुन्छ, अब हाम्रो काम समुन्नत नेपाल बनाएर, विकास गरेर, हाम्रो स्वाभिमानलाई, हाम्रो सम्मानलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने हुनेछ । यो पासपोर्टको टेक्निकल स्यान्डर्ड त होला, टेक्निकल इम्पोर्टेन्स हामीले बढायौँ होला तर यसको रेस्पेक्टाविलिटी अन्तर्राष्ट्रिय जगतमा अन्य धनीमानी भनिएका देशहरूलाई एउटै बाकसमा राखेर व्यवहार गर्ने खालको बनाउन यो पासपोर्टलाई थप्नु छ । त्यो सम्मान थप्ने काममा हामी जुट्नु छ ।’
मन्त्री खड्काले देशलाई आर्थिक रूपमा विकास गरेर नेपाली नागरिकको छवि र प्रतिष्ठालाई अन्तर्राष्ट्रिय जगतमा कायम गराउने बताउनुभयो । उहाँले आउँदा दिनमा नेपाली नागरिकहरूले सुरक्षित राहदानी लिएर बाहिर जान सक्ने विश्वास पनि व्यक्त गर्नुभयो ।
सरकारले आजदेखि देशभर ई–पासपाेर्ट परीक्षणका रूपमा वितरण सुरु गरेकाे छ । राहदानी विभागमा आज बुधवार आयाेजना गरिएकाे 'पहिलो विद्युतीय राहदानी वितरण कार्यक्रम' मा परराष्ट्र मन्त्री डाक्टर नारायण खड्काले संस्कृतिविद् सत्यमाेहन जाेशीलाई नेपालकाे पहिलाे ई–पासपाेर्ट प्रदान गरेर वितरण सुरु गरिएकाे हाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।