सप्तरीमा अर्नाको आक्रमणबाट एक जनाको ज्यान गयो
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै - जात्राका लागि बैतडीमा दुई दिन सार्वजनिक बिदा दिइएको छ ।
जिल्लाको मेलौली भगवती मन्दिरमा भव्य जात्रा लाग्ने भएकाले आज र भोलि दुई दिन मेलौली नगरपालिकाले बिदा दिने निर्णय गरेको हो ।
बिदाको दुई दिन नगर क्षेत्रभित्र रहेका सम्पूर्ण सरकारी कार्यालय, सार्वजनिक संस्था, विद्यालय, वित्तीय संस्थालगायतका कार्यालय बन्द रहने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण बहादुर चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार मेलौली भगवती मन्दिरमा लाग्ने जात्रामा बैतडीका साथै छिमेकी देश भारतबाट पनि दर्शनार्थी आउने गर्छन् ।
यस्तै दशरथचन्द नगरपालिकाले पनि आज एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाको गढीमा प्रसिद्ध जगन्नाथ मन्दिरमा कात्तिक शुक्ल चतुर्दशीका दिन आज जात्रा लाग्ने भएकाले बिदा दिइएको नगरप्रमुख नरेन्द्रसिंह थापाले जानकारी दिनु भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।