महिला क्रिकेट टोलीले आज कतारसँग तेस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै

 मंसिर २, २०७८ बिहीबार १०:५०:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज कतारसँग अन्तिम तथा तेस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै छ ।

खेल दोहामा रहेको वेस्ट इन्ड पार्क स्टेडियममा दिउँसो पौने चार बजे हुनेछ । नेपाल आज श्रृङ्खला क्लिन स्विप गर्ने योजनामा हुनेछ । तीन खेलको श्रृङ्खला नेपालले यसअघि नै जितिसकेको छ । नेपालले पहिलो खेलमा अस्ति कतारलाई १ सय १९ रनले हराएको थियो भने हिजो ६१ रनले पराजित गरेको थियो ।

आईसीसी महिला टी–२० विश्व कपको एसियाली छनोटको तयारीका लागि नेपालले कतारसँग तीन खेलको टी–२० श्रृङ्खला खेलिरहेको हो ।  विश्व कप छनोट भने आउँदो ६ गतेदेखि १२ गतेसम्म दुबईमा हुनेछ । आजको खेलपछि नेपाली टोली टी-२० विश्व कप छनाेट खेल्न सिधै यूएई जानेछ ।

छनोटको पहिलो खेलमा नेपालले आउँदो ६ गते हङकङसँग, ७ गते भुटानसँग, ९ गते ओमानसँग, १० गते मलेसिया र ११ गते यूएईसँग खेल्नेछ । सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टी–२० विश्व कपको लागि नेपालसहित ६ देशले ग्लोबल छनोटको लागि यूएईमा एसिया छनोट खेल्न लागेका हुन् । समूह विजेता टोलीले ग्लोबल छनोट खेल्न पाउनेछ। 

अन्तिम अपडेट: असार १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया