धरहरा परिसरमा एनपीएलको ट्रफी अनावरण, ट्रफीमा कालापत्थरको ढुङ्...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले कतारसँगको तीन खेलको टी–२० क्रिकेट शृङ्खला 'क्लिन स्वीप' गरेको छ ।
दोहाको वेस्ट इन्ड पार्क स्टेडियममा आज बिहीवार भएको तेस्रो तथा अन्तिम खेलमा कतारलाई एक सय नाै रनले हराउँदै नेपालले शृङ्खला क्लिन स्वीप गरेको हो । आज नेपालले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको कतारले २० ओभरमा सात गुमाएर ५५ रनमात्रै बनाउन सक्यो ।
यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा तीन विकेट गुमाएर एक सय ६४ रन बनायो । नेपालका लागि सीता राना मगरले नटआउट ८२ रन बनाइन् । यो प्रतियोगिताका तीन वटै खेलमा नेपाली खेलाडीले अर्धशतक बनाएका छन् । यसअघि पहिलो खेलमा इन्दु वर्माले र दोस्रो खेलमा कप्तान रुबिना क्षेत्रीले अर्धशतक बनाएका थिए ।
अब नेपाली टोली टी–२० विश्व कप छनाेट खेल्न सिधै यूएई जानेछ । छनोटको पहिलो खेलमा नेपालले आउँदो ६ गते हङकङसँग, ७ गते भुटानसँग, ९ गते ओमानसँग, १० गते मलेसिया र ११ गते यूएईसँग खेल्नेछ ।
सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टी–२० विश्व कपका लागि नेपालसहित ६ देशले ग्लोबल छनोटका लागि यूएईमा एसिया छनोट खेल्न लागेका हुन् । समूह विजेता टोलीले ग्लोबल छनोट खेल्न पाउनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।