ऊर्जा सहकार्यका बारेमा नेपाल र भारतबीच छलफल

 मंसिर २, २०७८ बिहिबार २०:३३:२४ | रासस
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – नेपाल र भारतका ऊर्जा सचिवबीच ऊर्जा सहकार्यका विविध आयामका बारेमा छलफल भएको छ ।   

ऊर्जा सचिव देवेन्द्र कार्कीको नेतृत्वमा भारत भ्रमणमा गएको तीन सदस्यीय टोली र भारतका ऊर्जा सचिव आलोक कुमारबीच द्विपक्षीय ऊर्जा सहकार्यको सम्बन्धमा सकारात्मक छलफल भएको हो । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव एवम् प्रवक्ता मधुप्रसाद भेटुवालका अनुसार दुई देशबीचमा ऊर्जा क्षेत्रको सहकार्य र त्यसका विविध आयामका बारेमा छलफल भएको हो ।   

प्रवक्ता भेटुवालले गएकाे कात्तिक ३० गते भारतको राजधानी नयाँ दिल्लीमा द्विपक्षीय हित र चासोका साथै ऊर्जा क्षेत्रका साझा चासोका बारेमा सकारात्मक कुराकानी भएको जानकारी दिनुभयो । ऊर्जा सचिव नेतृत्वको प्रतिनिधिमण्डल हिजाे बुधवार स्वदेश फर्केको थियो । नेपालले केही दिन पहिलेदेखि भारतलाई ३९ मेगावाट बिजुली निर्यात गरिरहेको छ । 

अन्तिम अपडेट: जेठ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया