क्रिप्टोकरेन्सीलाई नियमन गर्ने भारतको तयारी

 मंसिर ३, २०७८ शुक्रबार ११:५१:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतले क्रिप्टोकरेन्सी अर्थात भर्चुअल मुद्रालाई नियमन गर्ने भएको छ ।

भारतले यसबारेमा नयाँ कानुन ल्याउने र संसदबाट पारित गर्ने तयारीमा जुटेको छ । भारतमा पछिल्लो समय भर्चुअल मुद्राका रुपमा बिट्क्वाइन निकै लोकप्रिय हुन थालेको छ ।

भारतले सन् २०१८ मै क्रिप्टोको कारोबारमाथि प्रतिबन्ध लगाएको थियो । तर दुई वर्षपछि भारतकै माथिल्लो अदालतले प्रतिबन्ध फुकुवा गरिदिएको थियो । अदालतको आदेशलगत्तै क्रिप्टोको कारोबार भारतमा मौलाएको र यसमा ठूलो सङ्ख्यामा भारतीय युवा संलग्न रहेको अध्ययनहरुले देखाएका छन् ।

केन्द्रीय बैंकको रेखदेख र नियन्त्रणभन्दा बाहिर गएर कारोबार भइरहेकाले यसलाई नियमनका लागि भारत सरकारले चाँडै कडा कानुन ल्याउन लागेको प्रधानमन्त्री नरेन्द्र मोदीले बताउनुभएको छ ।

साइबर सुरक्षासम्बन्धी अनलाइन सम्बोधनका क्रममा भारतका प्रधानमन्त्री मोदीले क्रिप्टोकरेन्सीले युवा पुस्तालाई जोखिममा पार्न लागेको र यसलाई नियमन गर्नुपर्नेमा जोड दिनुभएको छ। लागुपदार्थको तस्करी र सम्पत्तिको गैरकानुनी ओसारपसार गर्न क्रिप्टोकरेन्सीको प्रयोग हुने खतरा बढेको विज्ञले बताउँदै आएका छन् ।

विश्वका धेरै देशमा क्रिप्टोकरेन्सीमाथि प्रतिबन्ध लगाएका छन् । 
 

अन्तिम अपडेट: मंसिर ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया