विवादित तीन कृषि कानुन खारेज गर्ने भारतीय प्रधानमन्त्री मोदीको घोषणा

 मंसिर ३, २०७८ शुक्रबार १२:१:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विवादित तीन कृषि कानुन खारेज गर्ने घोषणा गर्नु भएको छ ।

आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले यी तीन कानुन फिर्ता लिने घोषणा गर्नु भएको हो । कृषि क्षेत्रको सुधारका लागि भन्दै सरकारले यी कानुन ल्याए पछि किसानहरु एक वर्षभन्दा लामो समयदेखि लगातार आन्दोलनमा थिए।

प्रधानमन्त्री मोदीले यी कानुन खारेज गर्ने बताए पछि किसानका सङ्गठनहरुले यसलाई आफ्नो  विजयी भएको रुपमा लिएका छन् । मोदीले यो महिनाको अन्तिममा सुरु हुने संसद् बैठकमा विवादित कृषि कानुन खारेज गर्न संवैधानिक प्रक्रियाको पूरा गर्ने बताउनु भएको छ।

यस्तै, उहाँले आन्दोलनरत किसानलाई घर फर्किन पनि आग्रह गर्नु भएको छ । तर किसानका नेताले भने यी कानुन खारेज नभएसम्म आन्दोलन फिर्ता नहुने बताएका छन्। 

अन्तिम अपडेट: बैशाख ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया