नेपालले आज वेस्ट इन्डिज ‘ए’ सँग दोस्रो टि–२० क्रिकेट खेल्दै

 बैशाख १६, २०८१ आइतबार ८:२९:३० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : क्यान

काठमाण्डौ – नेपाल र वेस्ट इन्डिज 'ए'  बिचको दोस्रो टि–२० क्रिकेट आज हुँदैछ । यो खेल दिउँसो सवा १२ बजे कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा शुरु हुनेछ । पाँच खेलको टि–२० श्रृंखलामा नेपालले पहिलो खेल जित्दै १–० को अग्रता बनाएको छ ।

हिजो भएको पहिलो खेलमा नेपाल चार विकेटले विजयी भयो । वेस्ट इन्डिज 'ए' ले दिएको दुई सय पाँच रनको लक्ष्य नेपालले १९ ओभर चार बलमा छ विकेट गुमाएर भेट्टायो । यो खेलमा नेपालका कप्तान रोहित पौडेलले शतक बनाए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिज 'ए' ले २० ओभरमा पाँच विकेट गुमाएर दुई सय चार ४ रन बनाएको थियो । वेस्ट इन्डिज 'ए' का कप्तान रोस्टन चेजले सबैभन्दा धेरै ७४ रन बनाएका थिए । शृङ्खलाको तेस्रो खेल बुधवार, चौथो खेल बिहीवार र पाँचौँ तथा अन्तिम खेल शनिवार हुनेछ । वेस्ट इन्डिजको टोली पहिलो पटक नेपाल भ्रमणमा आएको हो । 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया