बङ्गलादेशसँगकाे पहिलाे टी–२० पाकिस्तानले ४ विकेटले जित्याे

 मंसिर ३, २०७८ शुक्रबार १७:५६:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बङ्गलादेशसँगको पहिलो टी–२० क्रिकेट पाकिस्तानले चार विकेटले जितेकाे छ । बङ्गलादेशले दिएको एक सय २८ रनको मध्यम लक्ष्य पाकिस्तानले १९ ओभर २ बलमा ६ विकेट गुमाएर भेटायाे ।

पाकिस्तानका लागि फखर जमान र खुस्दिल साहले समान ३४ रन बनाए । त्यस्तै शदाब खानले २१ र मोहमद नवाजले १८ रन बनाए । बलिङतर्फ बङ्गलादेशका तस्किन अहमदले दुई विकेट लिए । 

यसअघि ढाकामा टस जितेर पहिले ब्याटिङ गरेको बङ्गलादेशले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय २७ रन बनायो । बङ्गलादेशका लागि अफिफ होसेनले ३६, मेहेदी हसनले ३० र नुरुल हसनले २८ रन बनाए । बलिङतर्फ हसन अलीले तीन र मोहम्मद वासिमले दुई विकेट लिए ।

यो जितसँगै पाकिस्तानले तीन खेलको शृङ्खलामा एक–शून्यकाे अग्रता लिएको छ । 

अहिले पाकिस्तान बङ्गलादेश भ्रमणमा छ । यी दुई टाेलीले दुई खेलकाे टेस्ट शृङ्खला पनि खेल्नेछन् । 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया