ए डिभिजन लिग फुटबल : संकटा र हिमालयन शेर्पाको खेल बराबरीमा

 मंसिर ४, २०७८ शनिबार १६:३२:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको आज भएको पहिलो खेलमा संकटा क्लब र हिमालयन शेर्पा क्लबले १–१ को बराबरी खेलेका छन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएकोमा दोस्रो हाफमा दुवै टोलीले १/१ गोल गर्दै अंक बाँडेका हुन् ।

६० मिनेटमा लक्ष्मण रुचालले गोल गर्दै संकटालाई अग्रता दिलाए पनि हिमालयन शेर्पाका  त्रिदेव गुरुङले ६४ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । यस्तै आज हुने दोस्रो खेलमा बेलुका पौने पाँच बजे थ्री स्टार र च्यासल युथ क्लब खेल्दैछन् । हिजोदेखि सुरु भएको लिगको उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेलेका छन् । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा १४ क्लब सहभागी छन् ।
 

अन्तिम अपडेट: कात्तिक १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया