इङ्ग्लिस प्रिमियर लिगमा वाट्फोर्डसँग म्यानचेस्टर युनाइटेड पराजित

 मंसिर ५, २०७८ आइतबार ६:४२:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ ।

गएराति भएको खेलमा १० खेलाडीमा सीमित युनाइटेड वाट्फोर्डसँग ४–१ गोल अन्तरले पराजित भएको हो ।

वाट्फोर्डका जोसुवा किङ, स्माइल सार, जोआ पेड्रो र इम्मानुएल डेनिसले एक/एक गोल गरे । युनाइटेडका डोनी भान डी विकले एक गोल फर्काए । ६९ औं मिनेटमा ह्यारी मग्वायरले रातो कार्ड पाएपछि युनाइटेड १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै वाट्फोर्डले १२ खेलमा १३ अङ्क जोडेको छ । वाट्फोर्ड १६ औं स्थानमा उक्लिएको छ । युनाइटेड १७ अङ्कसहित सातौँ स्थानमा छ ।

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया