म्यानचेस्टर युनाइटेडले प्रशिक्षक साेल्सायरलाई बर्खास्त गर्‍याे

 मंसिर ५, २०७८ आइतबार १८:३:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेड क्लबले टिमका मुख्य प्रशिक्षक ओले गनर सोल्सायरलाई बर्खास्त गरेको छ । हिजो शनिवार वार्टफोर्डसँग चार–एकको लज्जास्पद हार बेहोरेपछि क्लबले यस्तो निर्णय लिएको हो ।

वार्टफोर्डसँग लज्जास्पद हारपछि बसेको बोर्डको आपत्कालीन बैठकले सोल्सायरलाई प्रशिक्षकको जिम्मेवारीबाट हटाउने सहमति भएको थियो । उनको ठाउँमा युनाइटेडले माइकल क्यारिकलाई अन्तरिम प्रशिक्षकमा नियुक्त गरेको छ ।

सन् २०१८ मा मुख्य प्रशिक्षक नियुक्त भएका सोल्सायरको कार्यकालमा म्यानचेस्टर युनाइटेडले कुनै खास प्रदर्शन गर्न सकेन । केही दिन अघिमात्रमात्र युनाइटेडले लिभरपुल र म्यानचेस्टर सिटीसँगको खेलमा हार बेहोरेपछि सोल्सायरको भूमिकामा प्रश्न उठेको थियो । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया