'ए' डिभिजन लिग : मनाङले जावलाखेललाई हरायो

 मंसिर ५, २०७८ आइतबार १९:२३:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबले विजयी सुरुवात गरेको छ ।

दशरथ रङ्गशालामा आज आइतवार भएकाे दाेस्राे खेलमा मनाङ मर्स्याङ्दी क्लबले जावलाखेल युथ क्लबलाई एक–शून्य गोलले हरायो ।

मनाङ मर्स्याङ्दीलाई जिताउन दिनेश राजवंशीले खेलको ५६ औँ मिनेटमा गोल गरे । यसअघि ३० मिनेटमा विदेशी खेलाडी हफिज ओलावालेको गोललाई रेफ्रिले अफसाइड भएको भन्दै मान्यता दिएनन् । गोलकर्ता दिनेश म्यान अफ दि म्याच भए ।

भोलि साेमवार त्रिभुवन आर्मी र नेपाल पुलिस तथा मच्छिन्द्र र एनआरटीबीच खेल हुनेछ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया