सहिद स्मारक 'ए' डिभिजन लिगमा आज पनि दुई खेल हुँदै

 मंसिर ६, २०७८ सोमबार १०:१२:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज पनि दुई खेल हुँदैछन् ।

दशरथ रङ्गशालामा हुने पहिलो खेलमा दिउँसो १ बजे त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब खेल्ने छन् ।

दुवै टिम आज सुखद सुरुवात गर्ने दाउमा छन् ।  यस्तै, दोस्रो खेलमा बेलुका पौने ५ बजे मच्छिन्द्र एफसी र न्युरोड टिम एनआरटी खेल्ने छन् ।

यसअघि हिजो भएको खेलमा ब्रिगेड ब्वाइज र मनाङ मर्स्याङ्दी क्लब विजयी भए  । ब्रिगेड ब्वाइजले एपीएफ क्लबलाई ३–२ गोलले हरायो भने मनाङ मर्स्याङ्दी क्लबले जावलाखेल युथ क्लबलाई १ –० गोलले हराएको  थियो । 

अन्तिम अपडेट: मंसिर ६, २०७८

तपाईको प्रतिक्रिया