ए डिभिजन लिग : आर्मी र पुलिसले १–१ गाेलकाे बराबरी खेले

 मंसिर ६, २०७८ सोमबार १६:८:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबले एक–एक गोलको बराबरी खेलेका छन् । 

दशरथ रङ्गशालामा आज साेमवार भएको पहिलाे खेलमा नेपाल प्रहरीका सन्तोष हेमरामले खेलकाे ५१ औँ मिनेटमा गोल गरेर टाेलीलाई अग्रता दिलाएका थिए । तर आर्मीका विवेक बस्नेतले ६१ औँ मिनेटमा गोल फर्काएपछि खेल एक–एक गाेलकाे बराबरीमा सकियो । 

बराबरीपछि अङ्क तालिकामा दुवै टाेलीकाे समान एक–एक अङ्क भएकाे छ । 

यस्तै दोस्रो खेलमा बेलुका पौने ५ बजे मच्छिन्द्र एफसी र न्युरोड टिम (एनआरटी) खेल्नेछन् । 

यसअघि हिजो भएको खेलमा ब्रिगेड ब्वाइज र मनाङ मर्स्याङ्दी क्लब विजयी भएका थिए । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया