सर्वोच्चमा गोलाप्रथाबाट पेसी तोक्ने व्यवस्था राजपत्रमा प्रकाशित

 मंसिर ६, २०७८ सोमबार १६:४६:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गोलाप्रथाबाट दैनिक पेसी तोक्ने व्यवस्थासहितको सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली राजपत्रमा प्रकाशित भएको छ । आज नियमावली राजपत्रमा प्रकाशित भएसँगै अब सर्वोच्च अदालतका पेसी गोलाप्रथाबाट तोकिनेछन् ।

यसअघि गएको बिहीवार बसेको सर्वोच्चका १८ जना न्यायाधीशको 'फुल काेर्ट' अर्थात् पूर्ण बैठकले नियमावली संशोधन गरेर कानुन मन्त्रालयमा पठाएको थियो । आज राजपत्रमा प्रकाशित भएको संशोधित नियमावलीमा भएका व्यवस्था कहिलेदेखि कार्यान्वयन गर्ने भनेर फेरि पूर्ण बैठकले नै निर्णय गर्नुपर्नेछ । अहिलेसम्म प्रधानन्यायाधीशले नै दैनिक पेसी तोक्ने गरेकामा अब प्रधानन्यायाधीशको अधिकार कटौती भएको छ ।

प्रधानन्यायाधीशको राजीनामा माग्दै नेपाल बार एसोसिएशनले महिना दिनभन्दा लामो समयदेखि आन्दोलन गरिरहेको छ भने न्यायाधीशहरू पनि अघोषित आन्दोलनमा रहेका छन् । 

अन्तिम अपडेट: बैशाख २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया