मच्छिन्द्रले एनआरटीलाई हरायाे

 मंसिर ६, २०७८ सोमबार १९:३०:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा मच्छिन्द्र क्लबले न्यु रोड टीम (एनआरटी) लाई हराएको छ ।

दशरथ रङ्गशालामा आज साेमवार भएको दाेस्राे खेलमा मच्छिन्द्रले एनआरटीलाई दुई–एक गोलले हरायो । मच्छिन्द्रको जितमा सुनिल बलले दुई गोल गरे । एनआरटीका लागि एरिक विष्टले गोल फर्काए पनि जितका लागि पर्याप्त भएन ।

याे जितसँगै मच्छिन्द्रले तीन अङ्क जाेडेकाे छ । मच्छिन्द्रले दोस्रो चरणमा आर्मीसँग खेल्ने छ भने एनआरटीले ब्रिगेड ब्वाइजसँग प्रतिस्पर्धा गर्नेछ । 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया