पुनः श्रम स्वीकृतिमा गुनासो बढेपछि दुई सिफ्टमा सेवा प्रवाह सुरु

 मंसिर ७, २०७८ मंगलबार ७:२८:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - वैदेशिक रोजगारीमा जानेका लागि पुनः श्रम स्वीकृतिबारेमा गुनासो बढेपछि प्रभावकारी बनाउन सरकारले निर्देशन दिएको छ ।

श्रम स्वीकृति नवीकरण छिटो छरितो नहुँदा आफूहरुले सास्ती खेप्नुपरेको सेवाग्राहीको गुनासो छ । गुनासो बढेपछि श्रम, राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार कार्यालय ताहचललाई चार बुँदे निर्देशन दिएको हो ।

आवश्यकता अनुसार भाषा अनुवादककोमा पठाउने व्यवस्था मिलाउन, अनलाइन टोकन प्रणालीमा सङ्ख्या बढाउन र चापअनुसार अफलाइन टोकनको आधारमा पनि काम गर्न, सहायता कक्ष स्थापना गर्न तथा दुई सिफ्टमा सेवा प्रवाहको व्यवस्था मिलाउन भनिएको छ ।

विदेश जाने युवाले भोग्ने सास्ती कम गर्न श्रम स्वीकृति लिने प्रक्रियागत काम आधा घटाइएको र यसले घण्टौँ लाइन बस्नुपर्ने बाध्यता हट्ने विश्वास गरिएको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयको निर्देशन अनुसार श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र बायोमेट्रिकका सेवाग्राहीको भीड हुने भएकाले आवश्यकता अनुसार दुई सिफ्टमा काम गर्न थालिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले गएको मंसिर एक गते वैदेशिक रोजगार कार्यालय ताहचलमा अनुगमन गरी सेवालाई व्यवस्थित र पारदर्शी गर्न निर्देशन दिनुभएको थियो। 
 

अन्तिम अपडेट: मंसिर २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया