महिला टी–२० विश्व कप एसिया छनोटमा नेपालले भुटानलाई ८ विकेटले हरायो

 मंसिर ७, २०७८ मंगलबार १७:५५:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – आईसीसी महिला टी–२० विश्व कप एसिया छनोटको दोस्रो खेलमा नेपाली महिला क्रिकेट टोलीले भुटानलाई आठ विकेटले हराएको छ ।

दुबईमा भुटानले दिएको ६२ रनको सामान्य लक्ष्य नेपालले आठ ओभर तीन बलमा मात्रै दुई विकेट गुमाएर भेटायो । नेपालका लागि इन्दु बर्माले नटआउट १८, सीता राना मगरले १७, रुबिना क्षेत्रीले १० र काजल जोशीले आठ रन बनाए ।  

यसअघि पहिले ब्याटिङ गरेको भुटानले २० ओभरमा ६ विकेट गुमाएर ६१ रन बनायो । बलिङतर्फ नेपालकी सीता राना मगरले चार ओभरमा १० रन दिएर तीन विकेट लिइन् । यस्तै करुणा भण्डारीले एक विकेट लिइन् ।

पहिलो खेलमा नेपाल हिजो हङकङसँग पराजित भएको थियो । छनोटमा नेपालसहित भुटान, हङकङ, कुवेत, मलेसिया र यूएई गरी ६ टोली सहभागी छन् । शीर्ष स्थानमा रहने टोलीले विश्व कपको ग्लोबल छनोटमा स्थान बनाउनेछ । 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया