चेल्सीले युभेन्ट्सलाई ४–० गोलले हरायो

 मंसिर ८, २०७८ बुधबार ७:४७:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – यूईएफए च्याम्पियन्स लिग समूह चरणको खेलमा चेल्सीले युभेन्ट्सलाई ४–० ले हराएको छ । चेल्सीको जितमा ट्रिभोअ चालोवाह, रिस जेम्स, कलुम हड्सन ओडोइ र टिमो वेर्नरले गोल गरे ।

गएराति भएको खेलमा घरेलु टोली चेल्सीले खेलको २५औं मिनेटमा चालोवाहको गोलबाट अग्रता बनाएको थियो । त्यस्तै ५५औं मिनेटमा रिस जेम्सले गोल थपेर अग्रता दोब्बर पारे । खेलको ५८औं मिनेटमा ओडोइले एक गोल थपे । त्यस्तै खेलको इन्ज्युरी समयमा वेर्नरले गोल गरेपछि चेल्सीले ४–० को फराकिलो जित निकालेको हो ।

चेल्सी समूह ‘एच’ मा शीर्षस्थानमा उक्लिएको छ । समान पाँच खेलमा दुवै टोलीको समान १२ अंक भएपनि गोल अन्तरका आधारमा युभेन्ट्स दोस्रो स्थानमा छ । दुवै टोली यो समूहबाट नकआउट चरणमा पुगेका छन् । यही समूहको अर्को खेलमा माल्मो र जेनिथले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । जेनिथको ४ र माल्मोको एक अंक छ ।
 

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया