च्याम्पियन्स लिग : समूह चरणमा लिभरपुलको जित, एट्लेटिको मड्रिड एसी मिलानसँग पराजित

 मंसिर ९, २०७८ बिहिबार ७:८:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - लिभरपुलले च्याम्पियन्स लिगको समूह चरणमा शतप्रतिशत जितको रेकर्ड कायमै राखेको छ ।

गएराति पोर्टोलाई २–० ले हराउँदै लिभरपुल ५ खेलमा १५ अङ्क बनाउँदै समूह ‘बी’ मा शीर्ष स्थानमा रहेको छ । लिभरपुलका थिएगो अलकान्ट्राले खेलको ५२ औँ मिनेटमा र मोहम्मद सलाहले खेलको ७० औँ मिनेटमा गोल गरे । 

समूहकै अर्को खेलमा स्पेनिस क्लब एट्लेटिको मड्रिड एसी मिलानसँग पराजित भएको छ । एसी मिलानले एट्लेटिको मड्रिडलाई १–० ले हराएको हो । मिलानका जुनियर मेसियसले खेलको ८७ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

समूहमा लिभरपुल शीर्ष स्थानमा, पोर्टो पाँच अङ्कका साथ दोस्रो स्थानमा छ ।  एसी मिलान र एट्लेटिको मड्रिडको समान ४/४ अङ्क  छ। अघिल्लो चरणमा पुग्न बाँकी तीन वटै टोलीकाे सम्भावना कायमै छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया