च्याम्पियन्स लिगमा रियल मड्रिड र इन्टर मिलान अन्तिम १६ मा

 मंसिर ९, २०७८ बिहिबार ८:५४:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - रियल मड्रिड यूईएफए च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ ।

सेरिफलाई ३–० गोलले हराउँदै रियल मड्रिडले अन्तिम १६ मा स्थान पक्का गरेको हो । गएराति भएको खेलमा रियलका डेभिड अलाबा, टोनी क्रुस र करिम बेन्जीमाले एक/एक गोल गरे ।

यो जितसँगै समूह ‘डी’ मा रियल ५ खेलबाट १२ अङ्क जोडेर शीर्षस्थानमा रहेको छ ।

यो समूहको अर्को खेलमा इन्टर मिलानले साख्तर डोनेस्कलाई २–० ले पराजित गर्दै नकआउट चरणमा पुगेको छ । इन्टरका लागि दुवै गोल इडेन जेकोले गरेका थिए । दोस्रो स्थानमा रहेको इन्टर मिलानको १० अङ्क छ ।

सेरिफ ६ अङ्कसहित तेस्रो तथा साख्तर डोनेस्क १ अङ्कसहित पुछारमा छन् । 
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया