भन्सार महसुल घटेसँगै सुनकाे भाउ एकैदिन तोलामा १५ हजार नौ स...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – आईसीसी महिला टी–२० विश्व कप एसिया छनोटमा नेपालले कुवेतलाई नाै विकेटले हराएको छ । दुबईको आईसीसी एकेडेमी मैदानमा कुवेतले दिएको २८ रनको सामान्य लक्ष्य नेपालले तीन ओभर तीन बलमा मात्रै एक विकेट गुमाएर भेटायो ।
नेपालको जितमा इन्दु बर्माले १३, कप्तान रुबिना क्षेत्रीले १२ रन बनाइन् । सीता राना मगरले भने खाता खोल्न सकिनन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कुवेत १५ दशमलव ४ ओभरमा अलआउट हुँदै जम्मा २७ रन बनाएको थियो । कुवेतका लागि प्रियादा मुरालीले १० रन बनाउनुबाहेक अरू खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । बलिङतर्फ नेपालकी संगीता राईले तीन, करुणा भण्डारी र रुबिना क्षेत्रीले दुई/दुई र सरस्वती कुमारीले एक विकेट लिए ।
आजको जितसँगै नेपाल चार अङ्कसहित शीर्ष स्थानमा पुगेको छ । नेपाल पहिलो खेलमा हङकङसँग पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई हराएको थियो । ६ देश सहभागी एसिया छनाेटको शीर्ष स्थानमा रहने देशले सन् २०२३ मा दक्षिण अफ्रिका हुने टी–२० विश्व कपको ग्लोबल छनोट खेल्न पाउनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।