'ए' डिभिजन लिग फुटबल अन्तर्गत दोस्रो चरणका खेलहरु आजदेखि

 मंसिर १०, २०७८ शुक्रबार ८:९:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत दोस्रो चरणका खेलहरु आजदेखि  सुरु हुँदैछन् ।

त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा आज  सातदोबाटो युथ क्लब र थ्री स्टार क्लब  दिउँसो १ बजे तथा सङ्कटा र फ्रेन्ड्स क्लब बेलुका पौने ५ बजे खेल्दैछन् ।

पहिलो खेलमा सातदोबाटोले फ्रेन्ड्सविरुद्ध गोलरहित बराबरी खेलेको थियो । थ्री स्टार भने लगातार दोस्रो जितको खोजीमा रहेको छ ।

शीर्षस्थानको थ्री स्टारले पहिलो खेलमा च्यासल युथ क्लबलाई ३–० ले हराएको थियो । यस्तै सङ्कटाले पहिलो खेलमा हिमालयन शेर्पासँग १–१ गोलको बराबरी खेलेको थियो । 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया