महिला टी–२० विश्व कप एसिया छनाेटमा नेपालले आज मलेसियासँग खेल्दै

 मंसिर १०, २०७८ शुक्रबार ८:५०:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी महिला टी–२० विश्व कप एसिया छनोटको चौथो खेलमा नेपाली महिला क्रिकेट टोलीले आज मलेसियासँग खेल्दैछ ।

खेल बिहान सवा ११ बजे यूएईको आईसीसी एकेडेमी ग्राउन्डमा हुनेछ ।  प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको थियो । नेपालले दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराएको थियो ।

यस्तै नेपालले हिजो  कुवेतलाई ९ विकेटले हराउँदै विश्व कपको ग्लोबल छनोट पुग्ने सम्भावना जीवितै राखेको छ । मलेसियाले भने तीन खेलमा मात्र एक जित निकालेको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया