टी–२० विश्व कप एसिया छनाेट : मलेसियालाई हराउँदै नेपाल शीर्ष स्थानमा

 मंसिर १०, २०७८ शुक्रबार १४:२४:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी महिला टी–२० विश्व कप एसिया छनोटको चौथो खेलमा नेपाली महिला क्रिकेट टोलीले मलेसियालाई ६ विकेटले हराएको छ ।

आज शुक्रवार दुबईको आईसीसी एकेडेमीमा भएको खेलमा मलेसियाले दिएको ९३ रनको लक्ष्य नेपालले १८ ओभर २ बलमा चार विकेट गुमाएर भेटायो । नेपालका लागि सीता राना मगरले ३०, रुबिना क्षेत्रीले २० र सरिता मगरले नटआउट १५ रन बनाइन् । बलिङतर्फ मलेसियाका तर्फबाट आइसेया इलेसाले एक विकट लिइन् ।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ९२ रन बनायो । बलिङतर्फ नेपालका तर्फबाट सबनम राईले दुई विकेट लिँदा कविता कुँवर, सीता राना मगर र रुबिना क्षेत्रीले एक विकेट लिइन् ।

यो जितसँगै नेपाल अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । योसँगै आउँदो वर्ष हुने टी–२० विश्व कप ग्लोबल छनोटमा पुग्ने सम्भावना बलियो बनेको छ । 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया