'ए' डिभिजन लिग : एपीएफ र च्यासल तथा मनाङ र हिमालयनबीच खेल हुँदै

 मंसिर ११, २०७८ शनिबार ९:१६:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् ।

दशरथ रङ्गशालामा दिउँसो १ बजे ‍सशस्त्र प्रहरीको एपीएफ क्लब र च्यासल युथ क्लब खेल्दैछन् । यस्तै बेलुका पौने पाँच बजे मनाङ मर्स्याङ्दी र हिमालयन शेर्पाबीच खेल हुनेछ ।

च्यासल पहिलो खेलमा 'थ्री' स्टारसँग पराजित भएको थियो भने एपीएफ ब्रिगेड ब्वाइजसँग हारेको थियो ।

यस्तै मनाङले जावलाखेल युथ क्लबलाई हराएको थियो । हिमालयन शेर्पाले सङ्कटासँग बराबरी खेल्दै अङ्क बाँडेको थियो ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया