शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा च्यासलको पहिलो जित : एपीएफको लगातार दोस्रो हार

 मंसिर ११, २०७८ शनिबार १५:३९:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा च्यासल युथ क्लबले एपीएफ क्लबलाई १–० गोलले हराएको छ ।

च्यासलको जितमा खेलको ४९ औँ मिनेटमा रुमेश बर्तौलाले गरेको गोल नै निर्णायक बन्यो । च्यासलको यो पहिलो जित हो । च्यासल पहिलो खेलमा थ्री स्टारसँग पराजित भएको थियो । विभागीय टोली एपीएफको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा एपीएफ ब्रिगेड ब्वाइजसँग ३–२ गोलले पराजित भएको थियो । जितसँगै च्यासलको तीन अंक भएको छ । 

आजै बेलुका पौने पाँच बजे मनाङ मर्स्याङ्दी र हिमालयन शेर्पा खेल्दैछन् । पहिलो खेलमा मनाङले जावलाखेल युथ क्लबलाई हराएको थियो । हिमालय शेर्पाले संकटासँग बराबरी खेल्दै अंक बाँडेको थियो ।
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया