एमाले महाधिवेशन : नामावली तयार गर्दै ओली, सहमति नभएको पदमा चुनाव हुने

 मंसिर १२, २०७८ आइतबार १०:४७:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपा एमालेको दशौँ महाधिवेशनको बन्दसत्रमा नेतृत्व चयनका लागि सहमतिको प्रयास भइरहेको छ ।

सर्वसम्मत रुपमा नाम प्रस्ताव गर्ने जिम्मेवारी पाएका पार्टी अध्यक्ष केपी शर्मा ओलीले नामावली तयार गर्ने काम गरिरहनुभएको नेताहरुको भनाइ छ । तर पदाधिकारी र केन्द्रीय सदस्यमा आकाङ्क्षी धेरै भएपछि नामावली तयार गर्न सकस भएको छ । बन्दसत्र सुरु हुनुअघि नै ओलीले सर्वसम्मत रुपमा नेतृत्वको प्रस्ताव तयार पार्ने नेताहरूले बताएका छन् ।

हिजो बेलुका बन्द सत्रमा अध्यक्ष ओलीलाई नाम सिफारिसका लागि सबै अधिकार दिने प्रस्ताव भएअनुसार आज बिहानैदेखि सहमतिको प्रयास चलिरहेको छ । तर नामावली तयार गरी घोषणा गर्ने प्रस्तावमा अध्यक्षका दाबेदार भीम रावल र उपाध्यक्षका आकाङ्क्षी घनश्याम भुसालको असहमति छ ।

दुई नेताको असहमति रहे पनि बन्दसत्रले नामावली पास गरेपछि निर्वाचन कमिटीले औपचारिक रुपमा सार्वजनिक गर्ने तयारी छ । कुनै पदमा कसैको असहमति रहेमा मनोनयन दर्ता गरेर चुनावमा जाने तयारी छ । एमालेमा अबको ५ वर्षका लागि नेतृत्व छान्न देशभरिबाट २ हजार १ सय ७५ प्रतिनिधि चितवनको सौराहामा जम्मा भएका छन् ।

गएको शुक्रवारदेखि सुरु भएको दशाैँ महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै आज सक्ने कार्यतालिका छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

1 Comments

  • Sher Khadka

    Nov. 28, 2021, 11:03 a.m.

    आठ फेल र पिएचडीको लडाइ नेपालका मुर्ख भ्रस्टाचारी हनुमानहरु को बुद्दी परिक्षण /

  •  0 Reply

तपाईको प्रतिक्रिया