ट्रेड युनियन कानुनी मान्यता प्राप्त संस्था भएकाले खारेज हुँदैन: प्रम अाेली

 भदौ २२, २०७५ शुक्रबार १३:५२:६ | उज्यालो सहकर्मी

काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओलीले खर्च कम र काम दोब्बर गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ  । 

प्रधानमन्त्री ओलीले काम नगर्ने तर अधिकार प्राप्तिको नाममा आन्दोलन गर्ने कर्मचारीहरुलाई कडा कार्वाही गर्ने चेतावनी पनि दिनुभयो । निजामती सेवा दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले राष्ट्र निर्माण गर्ने संकल्प पूरा हुने गरी दोब्बर काम गरेर उत्पादनलाई पनि दोब्बर वृद्धि गर्ने दायित्व पूरा गर्न पनि कर्मचारीहरुलाई सचेत गराउनुभयो ।

प्रधानमन्त्री ओलीले मुलुकमा संख्यात्मक हिसाबले कर्मचारीहरुको अभाव नभएको दावी पनि गर्नुभयो । उहाँले विषयगत कर्मचारीहरुको अभाव भएको भने स्वीकार गर्दै त्यसलाई पूर्ति गर्दै लैजाने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले कर्मचारीहरुलाई आवश्यक सेवा र सुविधा दिन सरकार प्रतिवद्ध रहेको पनि स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले कर्मचारी संगठन खारेज नहुने पनि स्पष्ट पार्नु भयो ।

उहाँले आधिकारिक ट्रेड युनियन कानुनी मान्यता प्राप्त संस्था भएकाले त्यसलाई खारेज हुन नदिने प्रष्टयाउनु भएको हो । प्रधानमन्त्री ओलीले मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउन कर्मचारीहरु प्रतिवद्ध भएर लाग्ने विश्वास पनि व्यक्त गर्नुभयो । उहाँले मुलुक संघीयतामा गएकाले कतिपय कमी हुनसक्ने भन्दै त्यसलाई सुधार गरेर जान सरकार तयार रहेको पनि बताउनुभयो ।

कार्यक्रममा बोल्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले ‘सुखी नेपाली र समृद्ध नेपाल’ बनाउने सरकारको संकल्प पूरा गराउने जिम्मेवारी पूरा हुने गरी काममा लाग्न कर्मचारीहरुलाई सचेत गराउनुभयो ।

उहाँले सुशासन र विकासको गतिलाई तीव्रता दिन ढिलाई नगर्न पनि कर्मचारीहरुसँग आग्रह गर्नुभयो ।

मन्त्री पण्डितले कर्मचारीको अभाव हुन नदिने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । कार्यक्रममा कर्मचारी संगठनका नेताहरुले कर्मचारीहरुको हित प्रतिकूल हुने गरी कानुन निर्माण नगर्न प्रधानमन्त्री ओलीको गम्भीर ध्यानाकर्षण गराउनुभयाे ।

 

अन्तिम अपडेट: चैत १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया