अध्यक्षमा ओली र रावलको उम्मेदवारी दर्ता

 मंसिर १३, २०७८ सोमबार १०:२५:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षको लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान उपाध्यक्ष भीम रावलले उम्मेदवारी दिनुभएको छ । 

सर्वसम्मत अध्यक्षको लागि प्रयास गरे पनि रावलले अस्वीकार गरेपछि ओली रावलसँग प्रतिस्पर्धा गर्न बाध्य हुनुभएको हो । आज चुनावी प्रक्रिया सुरु भएलगत्तै रावलले अध्यक्षमा उम्मेदवारी दिनुभएको थियो । त्यसपछि ओलीले पनि अध्यक्षमा उम्मेदवारी दिनुभएको हो ।

ओलीको प्रस्तावकमा विष्णु पौडेल र समर्थकमा शङ्कर पोखरेल रहनुभएको छ । गएराति मध्यरातसम्म सहमतिको कोसिस गरे पनि लोकतान्त्रिक प्रक्रियाभन्दा बाहिर गएर भएको निर्णयमा आफ्नो असहमति रहने भन्दै रावलले विधि र प्रक्रियाको कुरा उठाएपछि ओलीको सर्वसम्मत बन्ने प्रयासमा धक्का लागेको छ ।

सर्वसम्मतिको प्रयास भएकाले हिजै हुनुपर्ने चुनावी प्रक्रिया आज बिहान सुरु भएको हो । संशोधित तालिकाअनुसार उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन बिहान ११ बजेर ४० मिनेटमा हुने भनिएको छ । यस्तै  आज बेलुकी ९ बजेदेखि भोलि बिहान ३ बजेसम्म मतदान हुनेछ ।  

यसअघि ओलीले गएराति बन्द सत्रमा ३०१ जना केन्द्रीय सदस्यपदाधिकारीको सूची पेस गर्नुभएको थियो । तर प्रस्तावित सूचीमा नपरेका नेताहरुले उम्मेदवारी दिएका छन् । सहमति नभएका अध्यक्षसहित सबै पदमा चुनाव हुनेछ ।

गएको शुक्रवारदेखि चितवनमा सुरु भएको एमालेको दशौँ राष्ट्रिय महाधिवेशन हिजै सकिने कार्यतालिका भए पनि सहमतिको प्रयास हुँदा लम्बिएको हो । 

अन्तिम अपडेट: असार १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Surya Jirel

    Nov. 29, 2021, 11:09 a.m.

    सहि

  •  0 Reply

तपाईको प्रतिक्रिया