सप्तरीमा अर्नाको आक्रमणबाट एक जनाको ज्यान गयो
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्रीप्रसाद पाण्डेले पार्टीको आसन्न १४ औँ महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
उहाँले आज साेमवार काठमाण्डाैमा पत्रकार सम्मेलन गरी पार्टी विधानले व्यवस्था गरेको पिछडिएको क्षेत्र 'क्लस्टर' अन्तर्गतको सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । उहाँ कांग्रेसको १२ औँ महाधिवेशनमा सेती अञ्चलबाट केन्द्रीय सदस्यमा र १३ औँ महाधिवेशनमा खुला केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो ।
नेपाल विद्यार्थी सङ्घ राजनीतिको लामो अनुभव संगाल्नुभएका केन्द्रीय सदस्य पाण्डेले चार ‘ब’ अर्थात् विचार, विधान, बैठक र व्यवस्थापन अन्तर्गतका आफ्ना एजेन्डा सुनाउँदै भन्नुभयो, विचारमा एकरूपता र स्पष्टता, विधानको अक्षरशः पालना, नियमित बैठक तथा कार्यकर्ता, कार्यालय र अर्थको व्यवस्थापन नै पार्टी सुदृढीकरणको मेरो एजेन्डा हाे । राजनीतिमा सुधारका लागि पार्टीमा सुधार हुनुपर्ने र देश सुधारका लागि राजनीतिमा सुधार हुनुपर्ने बताउँदै नेता पाण्डले पार्टी सुधार्न नेतृत्वले आत्मालोचना गरेर सुध्रिनुपर्ने धारणा व्यक्त गर्नुभयो । पार्टीमा जेसिजमा जस्तै एक व्यक्ति, एक पद र एक कार्यकालको व्यवस्था गर्नुपर्ने आफ्नो मान्यता रहेको सुनाउँदै उहाँले अब आफू कुनै पनि पदमा नदोहोरिने स्पष्ट पार्नुभयो ।
उहाँ विसं २०७० को संविधान सभा निर्वाचनमा संविधान सभा सदस्य र २०७४ सालको राष्ट्रिय सभा निर्वाचनमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । कांग्रेसको अहिलेकाे विधानले महिला, आदिवासी/जनजाति, दलित, मधेशी, खस/आर्य, थारु, मुस्लिम, पिछडिएको क्षेत्र क्लस्टरबाट एक/एक जना गरी आठ सहमहामन्त्री निर्वाचित हुने व्यवस्था गरेको छ । कांग्रेसको १४ औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाण्डाैमा हुँदैछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।