लिड्सले क्रिस्टल प्यालेसलाई हरायो : न्युकासल र नर्विचको बराबरी

 मंसिर १५, २०७८ बुधबार ९:२३:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इंग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाईटेडले क्रिस्टल प्यालेसलाई हराएको छ । गएराति भएको खेलमा लिड्सले क्रिस्टल प्यालेसलाई १–० गोलले हराएको हो ।

लिड्सका राफिन्हाले खेलको अन्तिम समयमा पेनाल्टीमा गोल गरे । यो जितसँगै लिड्सले १४ खेलमा १५ अंक जोडेको छ । लिड्स अंक तालिकाको १५ औं स्थानमा छ । क्रिस्टल प्यालेस १६ अंकका साथ १२ औं स्थानमा छ ।

अर्को खेलमा न्युकासल र नर्विच सिटीले १–१ गोलको बराबरी खेलेका छन् । १० अंकसहित नर्विच १८ औं स्थानमा र ७ अंक रहेको न्युकासल पुछारमा छ ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया