सोलुखुम्बुका उज्यालो सहकर्मी दर्नालमाथि कांग्रेस कार्यकर्ताद्वारा हातपात

 मंसिर १५, २०७८ बुधबार ९:५२:१० | उज्यालो सहकर्मी
unn.prixa.net

सोलुखुम्बु – सोलुखुम्बुको सल्लेरीमा रिपोटिङका लागि खटिएका उज्यालो सहकर्मी सुबास दर्नाल सहितका सञ्चारकर्मीमाथि गएराति नेपाली कांग्रेसका कार्यकर्ताले हातपात गरेका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुको सभापतिका लागि भएको निर्वाचन अन्तर्गत मतगणनाको स्थलगत रिपोर्टिङमा खटिएका दर्नाल र रमन वनमाथि हातपात भएको हो ।

आक्रमण गर्नेहरुमा नेविसंघका जिल्ला उपाध्यक्ष जिवन बस्नेत, तरुणदल सचिव शेखर बस्नेत, क्षेत्रीय प्रतिनिधि प्रदिप बस्नेत, नेविसंघ माप्यदुधकोशी अध्यक्ष विभुषण राई लगायतका कार्यकर्ता रहेका छन् ।

आक्रमणबाट रिपोर्टिङमा प्रयोग गरिएको माइक, रेकर्डर सहितका सामग्रीमा क्षति पुगेको छ । समाचार संकलनको क्रममा खटिएका सञ्चारकर्मीमाथि प्रहरीकै अगाडि हातपात हुँदा पनि प्रहरीले केही नगरेको पीडित पत्रकारको गुनासो छ ।
 

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया