सोनु सूदपछि अभिनेत्री स्वातीले पनि छोडिन् ‘मनिकर्णिका’

 भदौ २२, २०७५ शुक्रबार १६:७:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

फिल्म ‘मनिकर्णिकाः द क्वीन अफ झाँसी’ की अभिनेतृ स्वाती सेमवालले पनि फिल्म छाेडेकी छिन् ।

यस फिल्मलाई लिएर एक पछि अर्को गर्दै विवादित खबरहरु आइरहेका बेला अहिले फेरि अर्को खबर आएको हाे । केही दिनअघि मात्रै अभिनेता सोनु सूदले फिल्म छोडे लगत्तै यसै फिल्मकी अर्की अभिनेत्रीले पनि यो फिल्म छोडेकी हुन् । फिल्म छोड्ने अभिनेत्री स्वाती सेमवालले  यस फिल्ममा सोनु सूदकी श्रीमतीको भूमिका निर्वाह गरिरहेकी थिइन् । 

खबरहरुका अनुसार स्वाति सोनु सूदकी मिल्ने साथी हुन् । तसर्थ सोनुले यो फिल्म बीचैमा छोडेपछि उनले पनि फिल्मबाट बाहिरिने निर्णय लिएकी छिन् । स्वातीका अनुसार उनी यस फिल्मको छायाँकनको काम सकेर सेटबाट फर्किसकेकी थिइन् ।

तर १५ दिन अघि फिल्म निर्माण यूनिटले उनलाई फिल्मको छायाँकन गर्नुपर्ने भन्दै फोन गरेर १० दिनको छायाँकन गनुपर्ने बताएको थियो ।

फिल्मको छायाँकनको काम सकिसकेकी स्वातीलाई सोनूले फिल्म छोडेको बारेमा खबर गरिएको थिएन । तर पछि सोनु फिल्मबाट बाहिरिइसकेको कुरा थाहा पाउँदा उनले आफूलाई निकै दुख लागेको बताइन् । 


‘मनिकर्णिकाः द क्वीन आफ झाँसी’लाई लिएर अहिले यस फिल्मकी मुख्य अभिनेत्री कंगना रनावत निकै तनावमा रहेकी छिन् ।

यसअघि कंगनाले फिल्मका केही दृश्यहरु पुनः छायाँकन गर्नुपर्ने कुरा निर्देशक कृषले नमानेपनि दुवैको मत बाझिएका कारण उनी बीचैमा यो फिल्म छोडेर अर्को फिल्म निर्देशनमा लागेका थिए । 

त्यस पछि निर्देशकको जिम्मेवारी आफै लिएर काम गरिरहेकी कंगनाको अभिनेता सोनु सूदसँग पनि लफडा भयो । कंगनाले सोनुको भूमिकालाई काटेर छोट्याएपछि यि दुवैबीच सेटमै भनाभन भएको थियो । 

त्यसपछि सोनु रिसले चूर हुँदै फिल्म नै छाडिदिएका थिए । अहिले फेरि अभिनेत्री स्वाती सेमवालले पनिे फिल्म छाडेपछि सन् २०१९ को जनवरी २५ मा प्रदर्शन हुने तयारीमा रहेको यो फिल्म समस्यामा पर्न सक्ने देखिएको छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया